एमालेले सुदूरपश्चिमका जिल्ला र निर्वाचन क्षेत्रका इन्चार्ज तोकिए : कुन जिल्लामा को ?
बैतडी इन्चार्जमा भट्ट र डडेल्धुरा इन्चार्जमा बोहरा चयन
बैतडी : नेकपा एमालेले जिल्ला र निर्वाचन क्षेत्रका इन्चार्ज तोकेको छ । बिहीवार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको महासचिव शंकर पोखरेलले बताए। पोखरेलकाअनुसार सुदूरपश्चिममा लेखराज भट्ट चयन भएका छन् ।
यता बैतडी जिल्लाको इन्जार्चमा एमाले केन्द्रिय कमिटी सदस्य लिलाधर भट्ट र डडेल्धुरा इन्चार्जमा सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री पठान सिह बोहरालाई तोकिएको छ।
डोटी जिल्ला इन्चार्ज गौरी कुमारी ओली, कञ्चपुर इन्चार्ज निरु पाल, कुमारी कमला बोहरा प्रतिनिधी सभा १ इन्चार्ज, कृपाराम राना प्रतिनिधी सभा ३ इन्चार्ज, नरबहादुर धामी प्रतिनिधी सभा २ इन्चार्ज, इन्दु कडरिया इन्चार्ज प्रदेश सभा ३ (१) बझाङ इन्चार्ज भैरव बहादुर सिंह, ओखिलाल ओखेडा प्रदेश सभा २ इन्चार्ज, आशा कुमारी विक प्रदेश सभा १ इन्चार्ज, कैलालीमा कमला कुमारी ओली प्रतिनिधी सभा २ इन्चार्ज, शन्तोष शार्मा थापा प्रतिनिधी सभा ४ झपड रावल प्रतिनिधी सभा १ इन्चार्ज, बाजुरा इन्चार्ज लालबहादुर थापा, सहदेव बोगटी इन्चार्ज प्रतिनिधी सभा, दयाल बहादुर शाही प्रदेश सभा २ इन्चार्ज, प्रकाश बहादुर शाह प्रदेश १ इन्चार्ज, अझाम यज्ञ बोगटी प्रतिनिधी सभा २ इन्चार्ज, कमल तिमल्सेना प्रतिनिधी सभा २ इन्चार्ज, दर्चुला इन्चार्ज गणेश सिह ठगुन्ना, प्रदेश सभा २ इन्चार्ज हरदेव जोशी चयन भएको केन्द्रिय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
बैतडीका पुरन सिह दयाल, डोटीबाट नारायण मलासी र सुदूपश्चिमबाट अर्जुन बहादुर थापा केन्द्रिय सल्लाहार समिति सदस्य भएका छन् ।
एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई नियुक्त गरेको छ भने मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनयन गरेको छ।