सुदूरपश्चिममा दोस्रो पटक मुख्यमन्त्री बन्दै काँग्रेसका शाह, आज दाबी पेश गर्ने

धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोस्रो पटक कमलबहादुर शाह दोहोरिन लागेका छन् । शुक्रबार मुख्यमन्त्री पदबाट एकिकृत समाजबादी पार्टीका नेता दिर्घबहादुर सोडारीले राजीनामादिएसंगै आजमुख्यमन्त्रीशाहले दाबी पेश गर्ने भएकाहुन् ।

प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागिनयाँ सरकार गठनको समय दिएकाथिए ।केन्द्रमाकांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिमप्रदेशको मुख्यमन्त्रीकाँग्रेसले पाउने सहमतिभएको थियो । मुख्यमन्त्रीशाहलाई एमाले र नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने छ ।

सुदूरपश्चिमप्रदेशमा ५३ जनाप्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुर्याउन २७ सांसद आवश्यक पर्छ । यहाँकांग्रेसका १८,एमालेका ११ र उन्मुक्तिका सात सांसद छन् । यीतीनदलमात्रै मिल्दामुख्यमन्त्रीशाहले सहजै विश्वासको मतपाउने छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्रीबनाउने गरि तयारी अगाडी बढाउन निर्देशनदिइसकेका छन्।
काँग्रेसले आज ११ बजे संसदीयदलको बैठक आह्वान गरेको छ ।उक्त बैठकमा यस विषयमा ठोस निर्णय हुने कांग्रेस नेताहरू बताउँछन् ।

संसदीय दलको बैठकले सरकारमा सहभागीहुने विषयमा टुङ्गो लगाउने जनाइएको छ । उक्त बैठकले मन्त्रीहरूको नामपनि टुङ्गो लगाउने छ । कांग्रेसबाट नयाँ अनुहार मन्त्रीमा समावेश हुने सँम्भावना रहेको छ ।

यता एमालेले पनि सरकारमाकसलाई पठाउने भन्ने कुनै निर्णय गरेको छैन । दीर्घ सोडारी नेतृत्वको सरकारमाएमालेबाट सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्रीथिए । पुराना तीनजना मन्त्री मध्ये केही दोहोरिने र केही नदोहोरिने सम्भावना रहेको एमाले स्रोतको भनाइ छ । पुराना केही मन्त्री नयाँ सरकारमा सहभागी नहुँदा केही नयाँ मन्त्री समावेश हुने सम्भावना रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीले पनिआफ्नो भागमा पर्ने मन्त्रीको नाम टुङ्गो लगाइसकेको छ । नाउपाबाट लक्ष्मण किशोर चौधरी मन्त्रीबन्ने छन् । आजपाँच बजेभित्रमुख्यमन्त्रीमादाबी पेश गर्ने र आजै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ ।

पहिलो पाँचवर्ष माओवादीका त्रिलोचनभट्टले पुरै कार्यकाल मुख्यमन्त्री चलाएको सुदूरपश्चिम प्रदेशको दोस्रो कार्यकालमा भने अस्थिरताको चरम रूप देखिएको छ ।
दोस्रो कार्यकालको दोस्रो वर्ष नपुग्दै आज चौथो मुख्यमन्त्री नियुक्त हुँदै छन् । २०७९ पौष २७गते एमाले, माओवादी, नागरिक उन्मुक्तिको समर्थनमाएमाले संसदीयदलका नेता राजेन्द्र सिहं रावल मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.