बैतडी : बैतडीको पाटन नगरपालिका-३ मा पर्ने बनारसीधाममा महाँरूद्राभिषेक पुजा लाग्ने भएको छ । बनारसीधाममा रहेको प्राचिन पौराणिक तर्थस्थल श्री विश्वनाथ जोत्र्रिलिङ मन्दिरमा यही साउन २२ गते महाँरूद्राभिषेक पुजा लाग्ने अध्यक्ष उत्तर बहादुर चन्दले बताए । महाँरूद्राभिषेक पुजा सहभागी भइ पुण्य आर्जन गर्ने श्रदालुभक्तजनमा समितिका विश्वनाथ धाम सेवा समाजका सचिव तथा वडा अध्यक्ष करुणाकर भट्टले अनुरोध गरेका छन् ।
भगवान शिवका १२ ज्योतिर्लिङ्गमध्येको विश्वनाथ ज्योतिर्लिङ्ग वनारसी धाममै रहेको पन्तले बताए । पौराणिक सरयु नदी अर्थात सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको नेपालका ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य समेत बताएका छन् ।
वनारसी धाममा विश्वनाथ ज्योतिर्लिङ्गको स्थापना गरेर पूजाआजा गर्ने गरिएको छ । श्रावणको महिना धामहरुमा पूजापाठ गर्ने चलन रही आएकाले वनारसी विश्वनाथ धाममा महारुद्राभिषेक पूजाको आयोजना गर्ने तयारी भएको समाजका अध्यक्ष उत्तरबहादुर चन्दले बताए ।
वनारसी धाममा माघ शुक्ल दशमी अर्थात शैल्य दशमीका दिन ठूलो जात्रा लाग्ने गर्दछ । यो जात्रामा हजारौं दर्शनार्थी पुग्ने गरेका छन् ।यस्तै वनारसी धाममा साउनको महिना दर्शन गर्नेहरु पुग्ने गरेका छन् भने गंगादशहरा र अक्षय तृतीयका दिन समेत पूजाआजा गर्ने चलन रही आएको छ ।
यस्तै चैत शुक्ल पक्षमा वनारसी विश्वानाथ धाममा कोटी होमको आयोजना तयारी गरिएकाे छ ।