भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

बैतडी : भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीम भदेलगडाकी ४० बर्षीया जुनकीरी भुलको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

आइतबार बिहान साढे ११ बजेतिर घरबाट घास काट्नका लागि गइरहेकी जुनकीरीलाई रातापैरा भन्ने स्थानमा भीरबाट खसेको ढुंगा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त धनीराम सार्कीले बताए ।

मृतक जुनकीरीका श्रीमान रोजगारीका लागि भारतको पिथौरागढमा रहेका छन् । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.