बैतडी:
बैतडीको पाटन नगरपालिकाले मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम आजदेखि शुरु गरेको छ । मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेको हो ।
नगरपालिकाको न्यायीक समितीद्धारा सञ्चालित तालिममा नगरपाालिकाका १० वटा वडाका २० जना सहभागी छन् ।
विवादको साटो, मेलमिलापको बाटो भन्ने नाराका साथ शुरु तालिममा विवाद, मेलमिलापको पद्धती, मेलमिलाप सम्वन्धी प्रचलित कानुनी व्यवस्था, मेलमिलापको शिप, मेलमिलाप प्रक्रिया, विवाद छनौट, मेलमिलापकर्ताका गूणहरु र मेलमिलापका आचारसहिंता, सहमतीय निकास लगायतका विविध पाटोमा सहजीकरण गरिने न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख कमलसिंह बोहराले बताए ।
संयोजक बोहराले हरेक कदममा विवाद आइरहने हुनाले धेरै जसो समय विवाद मिलाउनमै गइरहेको तितो यथार्थता व्यक्त गर्नु भयो । मेलमिलामकर्तामार्फत विवाद निरुपण हुने बातावरण सिर्जना भए विकास निर्माणले थप गती लिने नगर उपप्रमुख बोहराको विश्वास थियो ।
उद्घाटन समारहमा बोल्दै नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी प्रमुख गौरी रावलले न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताउनु भयो ।
मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई नगरपालिकाले प्राथमिकता साथ अवलम्वन गर्नु पर्ने उहाँले आवश्यक्ता औल्याउनु भयो ।