बैतडी : प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीको सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्रले आर्थिक बर्ष २०८० ८१ को सामापजक परिक्षण र सार्वजनिक सुनुवाई मंगलबार सम्पन्न गरेको हो ।
कार्यक्रममा आर्थिक प्रगतीमा विभिन्न कार्यक्रम तथा ओपीडि टिकेट शुल्क, खोकाटहरा, एम्बुलेन्स सेवाबाट जम्मा आम्दानी ४१ लाख ४१ हजार ७ सय २६ देखाएको छ । भने खर्च २७ लाख ८७ हजार ९७ भएको जनाएको छ ।
खोका टहराबाट भाडा मार्फतको रकम संकलन नभएको २ लाख २३ हजार ७ सय ६ रहेको सिनियर अहेब ईन्द्र सिह बिष्टले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । व्यपारीक परियोजनका लागि स्वास्थ्यको जग्गामा बनेको संरचनाको जग्गा भाडा प्राथमिक स्वास्थ्य केन्द्र पाटनले उठाउने गरेको छ । यसका बिषयमा सुनुवाईमा छलफल भएको भएपनि व्यवसायीहरु उपस्थीत भएनन् ।
यसै एम्बुलेस सञ्चालनमा समस्या सिर्जना भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका इन्चार्ज प्रेम प्रकाश भट्टले बताए । उनले भने, नेता, ‘जनप्रतिनिधी फोन गर्छ नदिएमा दिएन भन्छन राजस्व तिर्दैन् समस्या भएको छ । बार्षिक १२ हजारको डिजेल दिन्छु कोही चलाउनुस यहाँ समस्या भएका छ।’
गाउँघर किल्नीक र खोप केन्द्रको संरचना नहुँदा समस्या सिर्जना भएको महिला स्वंमसेवीकाले सुनुवाईमा प्रश्न गरेका थिए । जवाफमा वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिष्टले क्मीक रुपमा बजेट पुगेसम्म निर्माण गरिरहेको बताए ।
उनले स्वास्थ्य क्षेत्रको बिकासमा आफु लागेको बताए । वडा अध्यक्ष बिष्टले स्वास्थ्य क्षेत्रको सरकारी जग्गा दुरूपयोग भएकाले नगरपालिकाले एक्सन दिनु पर्ने बताए । खोकाहरु पनि नगरपालिकाले आफ्नो मातहतमा ल्याउन पर्ने उनको भनाई थियो ।
पाटन नगरपालिका उपप्रमुख कमलसिह बोहरा (अपी) लगायतका जनप्रतिनिधी तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।