डडेल्धुरा सदरमुकामकै सहकारीमा चोरी

डडेल्धुरा । डडेल्धुरा  सदरमुकाममै रहेको एक सहकारीमा चोरी भएको छ । जिल्ला सदरमुकामको अमरगढी-५ तुफानडाँडामा रहेको सुन्दर अमरगढी सहकारीमा नगद र ल्यापटप चोरी भएको हो ।

सहकारीबाट नगद २५ हजार रुपैयाँ र एक ल्यापटप चोरी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले बताए ।

चोरी भएको जानकारी पाएपछि अहिले प्रहरी टोली सहकारीमा पुगेको छ । सहकारीको कार्यालय अगाडी प्रहरीको बिट पनि रहेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.