बैतडीमा कफि खेती : पाटन नगरभित्र ५ हजार बिरुवा रोपिए

बैतडी : बैतडीमा खफि खेती सुरु गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकाका कृषकलाई तालिम दिएसंगै विरुवा रोपण समेत सुरु गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाटन नगरपालिका यहि साउन १८ गते ५ हजार कफीका बिरुवाहरु उपलब्ध गराएको छ ।

उपलब्ध बिरुवाहरु नगरपालिकाको कृषि शाखाले वितरण गरेको छ । कफि खेती हुने संम्भावित वडाहरुमा कफिका विरुवा वितरण गरेको पाटन नगरपालिका कृषि शाखामा कार्यरत कृषि प्रविधिक खडक सिह धामीले बताए ।

पाटनमा रहेका संघ,प्रदेश, स्थानीय तहका सरकारी कार्यालयले समेत कफिका केही बिरुवा लगाएका छन् ।

पाटन नगरपालिका ४ का स्वास्थ्यकर्मी कार्यालय परिसरमा कफिको बिरुवा रोपण गर्दै

पाटनमा केही महिना पहिले मन्त्रालयले तालिम लिएका कृषकलाई विरुवाहरु र विउ नमुनाको रुपमा वितरण गरेका थियो । दोगडाकेदारमा तालिम लिएका बाहेकका कृषकलाई बिउ र बिरुवा वितरण गरेको बिषय गाउँपालिकालाई जानकारी नभएको कृषि शाखाका खरिदार रामबहादुर बिष्टले बताए ।

उनले करारमा रहेका कृषि प्रविधिकहरुको साउनमा करार अवधि थप नभएकाले कृषिसम्बन्धी आफुलाई धेर्र जानकारी नभएको बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.