पाटन नमुना शहरको सुन्दरता घटाउने खोका छाप्राले तिर्दैन् मासिक भाडा

बैतडी : बैतडीको पाटन नमुनाको शहरको सुन्दरता घटाउने खोका/छाप्राले मासिक भाँडा नतिरेको खुलेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र पाटनको सरकारी जग्गामा मनपढीरुपमा निर्माण भएका खोका टहराले मासिक भाँडा नतिरेको खुलेको हो । प्राथमिक स्वास्थ्य केन्द्र पाटनले आफुनो सामाजिक लेखापरिक्षण प्रतिवेदनमा पुर्ण भाडा मार्फतको रकम २५ खोका माध्ये तीनले मात्र दिएका उल्लेख गरेका छ ।

आर्थिक २०८०/०८१ भाडा मार्फत १ लाख ३० हजार १८ रुपियाँ संकलन भएको र २ लाख २३ हजार सात सय छ रुपियाँ खोका तथा हटराले तिर्न बाँकी रहेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका सिनियर अहेब इन्द्र सिंह बिष्टले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । उठान नअाएर पनि धेरैकाे तिर्न बाँकिरहेकाे व्यवसायीहरूकाे भनाइ छ ।

खोकाहरुले अहिले एक फिटको ५ सय अर्थात करिब १ हजार प्रतिमहिना न्युनतम भाडा तिर्ने गरेका छन् । व्यापारीले अहिले एउटाले करिब १ लाख ८० हजारसम्म निर्माण गरेका खोकाहरु ४ लाखसम्ममा अरुलाई बिक्रिसमेत गर्ने गरेका छन् । केही महिना पहिलेदेखी व्यपारीले आफु खुसी खोकाको नयाँ स्वरुपमा निमार्ण गरेको छन् । एकै किसिमको खोकाहरु निर्माण गर्न नगरपालिको कुनै तदारुकता देखाएको थिएन् ।

१० बर्षदेखी प्राथमिक स्वास्थ्य केन्द्र पाटनको जग्गा विवाद कायम छ । एस के निमार्ण सेवालाई जग्गा १५ बर्षका लागि भाँडामा दिएको थियो । तर पछि संम्झैता अनुसार काम नभएको भन्दै अस्पताल व्यवस्थापन समितिले तीन महिनामै संम्झैता खारेज जनाएको छ । भाँडामा दिएको एस के निमार्ण सेवाले कार्यालय छोडेको छैन् । केही खोका र स्वास्थ्य कार्यालयको पुरानो भवन मर्मत गरेमार्फतको रकम नदिएकाले आफुले नछोडेको एसके निर्माण सेवाका प्रो. मदन मोहन बिष्टले भन्दै आएका छन् ।

स्वास्थ्यको जग्गा पाटन नगरपालिकाले लिने बिषयमा समेत विवाद रहेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष राजेन्द बिष्टले बताए । अब नगर विकासले जग्गा आफ्नो मातहतमा लिनु पर्ने बिषयमा छलफल भइरहेको उनले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र पाटनको नाममा रहेको जग्गा आफु इन्चार्जको समयमा कुनै निकायलाई हस्तातरण गर्न पक्षमा प्रेमसागर भट्ट छ । सार्वजनिक सुनुवाई कार्यक्रममै स्वास्थ्यको जग्गाको बिषयमा व्यवस्थाप समिति र इन्चार्ज बिचको मनमुटाव समेत बाहिरीएको थियो ।

खोका तथा टहराहरुलाई व्यवस्थापन गर्ने र कर दायरा फराकिलो सहितको कार्यविधि निर्माणको अन्तिम चरणमा रहेको पाटन नगरपालिकाका उपप्रमुख कमल सिह बोहरा (अपी)ले बताए । खोका छाप्रा व्यवस्थापन समिति संयोजक बोहराले निर्वाचित भएको दुई बर्षसम्म खोकाको नयाँ व्यवस्थान गर्न नसकेको भन्दै आलोचना समेत भइरहेको छ ।

नगरपालिकाले गत बर्ष पदमसिंह महराको घरदेखि पछाडी बसपार्क सम्म भट्ट मेडिकलदेखि एयरपोर्ट सम्मको क्षेत्रमा निर्माण गरिएका खोका छाप्रा हटाउन हटाएको थियो ।सो क्षेत्रमा नयाँ शहर आयोजना सडक निर्माणका गरेका छ । नगरकार्यपालिकाको गत पौष २ गते बसेको बैठकले खोका छाप्रा हटाउने निर्णय गरेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.