विद्युतको पोल ढलेपछि कैलपाल र सकार अन्धकारमा, मर्मतमा ढिलासुस्ती

 

 

बैतडी: बैतडीको पाटन नगरपालिका वडा नम्बर १ र ७ मा तीन दिनदेखि विद्युत लाइन अवरुद्ध छ। पाटन नगरपालिका-१ सकार थलिमा रूखले पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको हो।

अवरुद्ध विद्युत सेवालाई सुचारु गर्न विद्युत प्राधिकरण बैतडीबाट प्राविधिक सहितको टिम आज मात्रै विद्युत सुचारु गर्न लागि परेको स्थानीयले बताएका छन्।

पानीसँगै आएको हावाहुरीले रुख ढल्दा विद्युतको पोल ढलेपछि विद्युत सेवा अवरुद्ध भएको स्थानीय गणेश भट्टराईले बताएका छन्।

विद्युत सेवा अवरुद्ध भएको तीन दिनपछि विद्युत प्राधिकरणको प्राविधिक सहितको टिम ढिलो गरी मर्मतमा पुगेपछि यहाँका जनताले अन्धकारमै बस्नुपर्ने बाध्यता रहेको छ।

विद्युत प्राधिकरण वितरण केन्द्र पाटनका अनुसार आजबाट नै विद्युत सुचारु हुनेगरी काम भइरहेको छ। काममा स्थानीयले सहयोग गरिरहेको बताएका छन्।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.