डडेल्धुरा बसपार्क नजिकै जीप दुर्घटना

डडेल्धुरा : डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना भएको छ । सदरमुकामबाट गन्यापधुरा गाउँपालिक गइरहेको सुपप्र ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेमध्ये एकजना गम्भीर अवस्थामा रहेका छन् । उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.