पाटन: आठ वर्षअघिसम्म खच्चडबाट नुन चामललगायत खाद्य ढुवानी हुने बैतडीको तल्लो स्वराड क्षेत्रमा अहिले मोटरगाडी चलेका छन् । पाटन–पञ्चेश्वर सडक कालोपत्रे गरेपछि तराईबाट बस सिधा तल्लो स्वराड पुग्ने गरेको छ । तर देशकै १० औँ नमुना शहर भनेर चिनिने पाटन नगरपालिकाको लोर्खा क्षेत्र २ बर्षदेखी ग्रामीण सडक भन्दापनि तल्लो स्तरको भिरको बाटो हिडेजस्तै डराउनु पर्ने सडकले सास्ती खेप्नु गरेको छ ।
बैतडी जिल्लाको मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका ५० हजार बासिन्दाले प्रयोग गर्ने कालोपत्रे सडक हो ।
पाटन–पञ्चेश्वर सडक खण्डले चिनिने यहाँ भने अहिले भिरको बाटोमा सवारी चलाएको भन्दा कम कष्टकर छैन् । लोर्खाको एक घुम्तीमा त मान्छे जम्मा भएर गाडीलाई धक्का लगाएर वहर दोहर गर्ने गरेको छन् ।
कुनै बेला सडक डिभिजन पाटनले हेर्ने सडक भनियो त कहिले प्रदेश अन्र्तगतको भौतीक पूर्वाधार विकासले निर्माण गर्ने जनतालाई आवासन दिन गरिएपनि सडक स्तरोउन्नती हुन नसकेपछि स्थानीय आक्र्शित छ । सवारी चालकले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारका प्रतिनिधीहरुलाई बेला बेला अनुरोध गर्ने गरेको बताए । उनीहरुले तल्लो स्वराड सडक खण्ड नै बन्द गर्ने सवारी चालकको भनाई छ । गाडी पल्डीएर क्षती भइरहेको छ ।
पाटन–पञ्चेश्वर ६५ किलोमिटर सडकखण्डको मेलौली नगरपालिकासम्म ३७ किलोमिटर कालोपत्रे भइसकेको छ । मेलौलीदेखि शिवनाथ गाउँपालिकाको सुल्लेखान हुँदै पञ्चेश्वर गाउँपालिकासम्म ग्राभेल र नाली निर्माणको काम सम्पन्न भएको छ । सडक स्तरोन्नतिमा हालसम्म ५२ करोड रुपियाँ खर्च भइसकेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर नरेश भुलले बताउनुभयो । उहाँका अनुसार पाटन–पञ्चेश्वर सडकखण्डका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेपछि कालोपत्रेको काम धमाधाम अघि बढेको छ ।
पाटनदेखि लोर्खा सम्मको सडक स्तरोन्नती नहुँदा बर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा यातायातका साधन सञ्चालनमा निकै कठीनाइ हुने गरेको छ । सडकका ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा झन् समस्या भएको पाटनका स्थानीय राजेश जोशीले बताए । उनले भने ‘पाटनदेखि लोर्खा सम्मको सडक स्तरोन्नती नहुँदा साह्रै समस्या भएको छ । सडकमा हिँडडुल गर्न नै मुस्कील भएको छ ।’
पाटन –पञ्चेश्वर सडक अहिले पूर्वाधार विकास कार्यालय मातहत रहेको छ । सडक डिभिजन कार्यालयले पूर्वाधार विकास कार्यालयलाई सो खण्ड समेत हस्तान्तरण गरिसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
यो तीन किलो मिटर भित्र नै पर्ने गोइडाखोला निर्माणाधीन मोटेबल पुल निमार्ण हुन सकेको छैन् । पुल निमार्ण गर्दा आफ्नो घरजग्गा र सिँचाई कुलोमा क्षती पुग्ने भन्दै यहाँका ११ जनाले विरोधपछि पुल अलपत्र परेको हो । उनीहरुले सडक डिभिजन कार्यालय पाटन बैतडीमा क्षतीपुर्तीको माग गर्दै निवेदन पेश गरेका छन् । निमार्ण अधुरो रहेको पाटन नगरपालिका–६ मा पर्ने गोईडाखोला पुल थप अलमलमा परेको हो । यस सम्बन्धी भिडियो रिर्पोट आउँदैछ ।