डडेल्धुरामा १० वर्षीया बालिका मृत फेला, हत्याको शंका

डडेल्धुरा:

डडेल्धुराकी १० वर्षीया सानु बिक कक्षा ३ मा पढ्दै थिइन्। जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका उनी हिजो (मंगलबार) गोठालो गइन्। सदा झै विद्यालयबाट फर्किएर बाख्रा चराउन जंगल गएकी उनी हिजो भने घर फर्किनन्।

साँझसम्म पनि घर नआएपछि आफन्तले उनको खोजी गरे। सानुका बुवा रोजगारीको सिलसिलामा भारत भएकाले उनकी आमा, दाजु-दिदीले खोजी कार्यका लागि प्रहरीको सहयोग मागे।

खोजी गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले आज बुधबार उनको शव घरभन्दा एक किलोमिटर टाढा फेला पारेको थियो।

आज बिहान ६ बजेतिर सानुको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। उनले मुचुल्काको काम सिध्याएर अहिले डडेल्धुरा अस्पतालमा शवको पोस्टमार्टम भइरहेको बताए। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युबारे थप खुल्ने डिएसपी भट्टले बताए। यो बारेमा आवश्यक अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।

उता मृव जमिनमै पल्टिएको र घाँटीमा बाधिएको डोरी खुकुलो भएका कारण सानुले आत्महत्या गरेको भन्ने विश्वास नलागेको काका पर्ने भीम बिकले बताए। साथै उनले मृतकको गोप्य अंगबाट रगत बगेकाले हत्याको आशंका समेत रहेको बताए। आफन्तले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.