बैतडी:
बैतडीको पाटन क्रिकेट क्लबले चौथो संस्करणको क्रिकेट प्रतियोगिताको लागि आन्तरिक तयारी थालेको छ । पाटन प्रिमियर लिग सिजन –४(पिपिएल–४)को लागि क्लबभित्रै आन्तरिक छलफल चलाएको हो ।
शनिबार पाटन नगरपालिकाको सभाहलमा क्रिकेट क्लबलाई पूर्णता दिएको छ भने पिपिएल–४को आन्तरिक तयारीबारे छलफल भएको हो ।
आज भएको भेलाबाट कार्यसमितिका सदस्यहरुको पदपुर्ती गरिएको छ । समितिमा निस्कृय रहेका सदस्यहरुको ठाउँमा नयाँ सदस्य राखिएको क्लबका सह-सचिव दिलेन्द्र ठगुन्नाले जानकारी दिए ।
आगामी भदौ १ गते बस्ने बैठकबाट पिपिएल–४ का विषयमा थप निर्णय गरिने क्लबका सचिव हरिश केसीले जानकारी दिए ।
यस वर्ष आयोजना हुने पिपिएल–४लाई थप भव्य तरिकाले आयोजना गर्ने तयारी भइरहेको क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए । आजको भेलाका सहभागिहरुले क्रिकेट खेल प्रतियोगितमामा पाटन क्रिकेट क्लबले खेल्दै आएको भूमिकाका विषयमा चर्चा गरिएको थियो ।
भेलामा सहभागि वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्टले खेलकुदको कार्यक्रममा आफ्नो सहयोग सधै रहने जनाए ।
खेलकुद आयोजनामा निजि क्षेत्रले पु¥याएको योगदानको पनि चर्चा गरिएको थियो ।
नगरपालिकाका १० वटै वडाबाट प्रतिनिधित्व गर्ने खेलकुदप्रति आस्थावन प्रतिनिधिहरुलाई यस क्लबमा आबद्ध गर्ने क्लबको उदेश्य रहेको छ । सोही अनुसार अधिकांश वडाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई कार्यसमितिमा राखिएको छ ।