डेङ्गुबाट सङ्क्रमितमा महिला बढी, ‘लार्भा खोज र नष्ट गर’ अभियान जारी

बैतडी : लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न बैतडीको पाटन नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान गरिरहेको छ । नगरपालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने संम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो ।

जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्वंमसेवीका, नेपाल प्रहरी र स्थानीयवासीले खोड्पे, पाटन र ठाड् बजार क्षेत्र र गाउँ सार्वजनीक स्थल र घरका वरपर राखेका पानी जम्ने भाँडामा रहेका लर्भा नष्ट गरिहेको पाटन नगरपालिकाले जनाएको छ ।

पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदन महाराले बताए ।
डेङ्गुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने स्वास्थ्य संस्थामार्फत काम भइरहेको उनले बताए । “नगरपालिकाका विभिन्न क्षेत्र लामखुट्टेको लार्भा बनाउनका लागि उपयुक्त वातावरण छन”, उनले भने, “तीव्र सहरीकरणका कारण पानी जम्ने ठाउँसमेत प्रशस्तै छन् , नष्ट गर्ने क्रम जारी छ”
शोमबार प्राथमिक स्वास्थ्य केन्द्र पाटनले डेँगु तथा किटजन्य रो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम आयोजनासंगै बजारमा लार्भा खोजी गरी नष्ट गरिएको इञ्र्चाज प्रेम सागर भट्टले बताए ।


पाटन नगरपालका ८ स्थित सिद्धेस्वर स्वास्थ्य चौकी र वडा नं ९ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रले डेंगु सार्ने लार्भाको बासस्थानको खोजी गर्ने र नष्ट गर्ने उपायका बारेमा अभिकुखिकरण कार्यक्रमको आयोजना गरेका छन् ।
विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यो लामखुट्टे फूल पार्छ ।


साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ ।
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । जटिल प्रकृतिको डेङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् ।
डेङ्गुबाट सङ्क्रमितमा महिला बढी
डेङ्गुबाट सङ्क्रमितमा महिला बढीको तथ्याङकमा उलेख्ख गरेको छ । गत आर्थिक बर्ष २०८० ८१ मा पाटन नगरपालिकामा ९ जना सङ्क्रमितमा ८ महिला रहेका छन् । एक जना पुरुष छन् । सरसफाई लगायतका क्षेत्रमा महिला नै बढी सक्रिय भएकाले महिलालाई डेङ्गु रोग लागेको हुन सक्ने बताइएको छ ।

पाटनमा किटजनय रोग अन्तरगत १ जनामा मलेरिया पुष्टि भएको छ भने ५६ जनामा स्क्रव टाइफस पुष्टि भएको छ । यसमा पानी ४३ जना महिला नै सङ्क्रमित छन्र ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.