बैतडीमा मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस

बैतडी :

बैतडीमा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । जिल्लाको पाटन नगरपालिकामा युवा सम्मेलनको आयोजना गरेर नगर युवा सञ्जालले दिवस मनाएको हो । विभिन्न संस्थाको सहयोगमा ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस बनाईएको नगर युवा सञ्जालका अध्यक्ष सञ्जय भण्डारीले बताए ।

दिवसको अवसरमा नगर युवा संजाल पाटन बैतडीको आयोजनामा र युवालय, स्ववियु पाटन बहुमुखी क्याम्पस पाटन बैतडीको सहकार्यमा प्रथम नगर युवा सम्मेल गरिएको जनाएको छ । सम्मेलनमा सहभागी बिद्यार्थी तथा युवाहरुले आफुनो गाउँ ठाउँका समस्याका बारेमा जनप्रतिनिधीसंग जवाफ माग गरेका थिए ।

सम्मेलनमा उप-प्रमुख कमल सिह बोहरा (अपी),  पाटन-५ का वडा अध्यक्ष फुनि सिह बोहरा, ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट , पुर्व उप-प्रमुख सरस्वती कोली , कार्यपालिका सदस्य रमेश कोली , वाम प्रतिनिधि पार्वती भुल , पाटन नगरपालिकाका शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख ललित पाण्डेय, पाटन बहुमुखी क्याम्पस स्ववियु सभापति भागरथी भट्ट, युवा संजाल, वडा स्तरीय युवा क्लबका पदाधिकारी, सदस्य लगायत सहभागी युवाहरुले युवा मैत्री अभियान बारे बृहत छलफल गरेका छन्।

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!