बैतडी : बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीले भिडियो एक्सरे मेसिन खरीद लागि चन्दा संकलन गरेको छ । सामाजिक संञ्जालमा एक सूचना जारी गर्दै आर्थिक सहयोग अभियान अन्तर्गत ४ लाख बढी रकम संकलन भएको छ । ५ दिनसम्म सञ्चालन गरिएको अभियानअन्तर्गत ४ लाख ६ हजार ९९४ रुपैयाँ संकलन भएको स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए ।
गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थामा किन गाउँपालिकाले भिडियो एक्सरे मेसिन खरीद गर्न सक्दैन् । भन्ने प्रश्नहरु आइरहेका छन् । कि गाउँपालिकामा भिडियो एक्सरे मेसिन नभएर दुर्गमका आमाहरुले ज्यान गुमाई रहेका हुन् ।
गाउँपालिकासंग एक भिडियो एक्सरे मेसिन छ । जुन प्रेत्यक महिना सबै स्वास्थ्य चौकीमा लगेर तालिम प्राप्त स्वास्थ्यकर्मीले चेकजाँच गर्ने गरेका छन् । अधिकास समय त्यो मेसिन गिरेडा स्वास्थ्य चौकीमा राखिएको हुन्छ । गाउँपालिकाले सबै भन्दा बढी सेवा ग्राही भएको ठाउँमा किन भिडियो एक्सरे मेसिन राख्न सकेन् ? एक ठाउँको स्वास्थ्यमा दिए अर्को ठाउँको आन्दोलन गर्छन् भने खरिद गर्ने नसकिएको हो स्वास्थ्य संयोजक राम सागर शाहले भने अब गाउँपालिको सायद खरिद गर्छ हो ।
गाउँपालिकालाई पञ्चेश्वर स्वास्थ्यचौकीले केही सल्लाह नगरेपनि राम्रो काम गरेको उनले बताए ।
बजेट अभावले अहिले नै सबै स्वास्थ्य संस्थामा नसकिए पनि विस्तार सबैमा मेसिन पुग्ने गरी खरिद गर्ने योजना गाउँपालिकाको रहेका स्वास्थ्य संयोजक शाहले बताए ।
भिडियो…