धनगढी: सुदूरपश्चिममा एक गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्षको पद रिक्त छ।
निर्वाचन आयोगका अनुसार बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा उपाध्यक्षको पद रिक्त छ। बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त छ। निर्वाचन आयोगले मङ्गलवार विज्ञप्ति जारी गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका पाँचवटा पद रिक्त रहेको जनाएको छ।
निर्वाचन आयोगले रिक्त पदका लागि निर्वाचनको तयारी थालेको छ। आयोगले रिक्त पद पूर्तिका लागि आन्तरिक तयारी थालेको हो। स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले उप–निर्वाचनको मिति तोक्ने व्यवस्था छ।