बैतडी:
बैतडीको पाटन नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०÷०८१का लागि राय संकलन गर्ने भएको छ । निति तथा कार्यक्रम तयारी गरिन लागिएकाले नगरभित्रका आम सर्वसाधारण र सरोकारवाला निकायको धारणा समेट्न लागिएको हो ।
एक हप्ताभित्र राय, सुझाव र सल्लाह नगरपालिकाको कार्यालय प्रतक्ष अथवा ईमेल मार्फत सुझाव पेस गर्न सकिने छ ।
आर्थिक विकास, पूर्वाधार विकास, सामाजिक विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने छ ।
असार १० गते निति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र त्यसैको तयारी स्वरुप सुझाव सल्लाह संकलन गरिन लागिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।