बैतडी अस्पतालका समस्या समाधानका लागि मुख्यमन्त्रीलाई पाँच बुँदे ध्यानाकर्षण पत्र

बैतडी : जिल्ला बैतडी अस्पतालका समस्या समाधानका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीलाई बैतडीबासीले पाँच बुँदे ध्यानाकर्षण पत्र पठाएका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा मार्फत जिल्ला सदरमुकाममा बस्ने स्थानीय, व्यfपारी, समाजसेवीहरुले मुख्यमन्त्रीकमलबहादुर शाहलाई ध्यानाकर्षण पत्र पेश गरेका हुन् ।

पाँच बुँदे ध्यानाकर्षण पत्रमा ५० शय्याको भवन निर्माण भईसकेकाले अस्पताल स्वीकृत, विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत, डिजिटल एक्स-रे मेशिन उपलब्ध, फिजियोथेरापी स्टेप मेशिन, हड्डी भाँचिएका बिरामीको उपचारका लागि मेशिन उपलब्ध गराईदिन माग गरेका छन् ।

अस्पताल स्तरोन्नतीको मागसहित ज्ञापन पत्र बुझाउन दशरथचन्द नगरपालिकाका निवर्तमान नगर प्रमुख नरेन्द्रसिंह थापा, बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्ट, सामाजिक अगुवा महेशदत्त भट्ट, दिपेश शाह, मोहित भण्डारी लगायत व्यक्तिहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

ध्यानाकर्षण पत्र
उपरोक्त विषय सम्बन्धमा आधा सताब्दी अघि ९२०३३ साल० मा स्थापना भएको जिल्ला अस्पताल बैतडीले दरवन्दी अनुसारका चिकित्सक, आवश्यक उपकरण र पर्याप्त बजेट कहिल्यै पाएन। सामान्य उपचारका लागिसमेत बैतडीबासी नेपाली ढाकाटोपी लुकाएर भारतको पिथौरागढका अस्पतालमा उपचार गर्न जानुपर्ने नियती सधैँ झेलिरहेका छन् । ८ वर्ष अघि राज्यको १३ करोड लगानीमा ५० शय्या क्षमताको भवन बनेको छ । विडम्बना, १५ शय्याको हुँदा पनि ६ जना चिकित्सकको दरबन्दी कहिल्यै पाएन । ५० शय्याको भवन बने पनि अस्पतालले ५० शय्याको स्वीकृति प्राप्त गर्न सकेको छैन। आवश्यक उपकरण, विशेषज्ञ चिकित्सक नहुँदा अहिले पनि आम सर्वसाधारण मानिसहरु आफ्नो जायजेथा बेचेर भारत लगायत नेपालका अन्य शहरका अस्पताल घाउन बाध्य छन् ।
स्वास्थ्य जस्तो आधारभुत विषयमा राज्य अहिलेसम्म संवेदनशील बन्न सकेको छैन । अतः अहिले प्रदेश सरकार बजेट निर्माणको तयारीमा जुटेको बेला बैतडी अस्पतालको विषयमा संवेदनशील बन्ने कुरामा आम बैतडीबासी आशावादी बन्दै निम्न विषयमा ध्यानाकर्षण गराउन चाहन्छौं ।
ध्यानाकर्षणका बुँदा स्(
१। बैतडी अस्पतालकी ५० शय्याको भवन निर्माण भईसकेकाले अस्पताल स्वीकृत गरिदिन हुन् ।
२। विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत गरिदिन हुन ।
३। डिजिटल एक्स(रे मेशिन उपलब्ध गराईदिन हुन् ।
४। फिजियोथेरापी स्टेप मेशिन उपलब्ध गराईदिन हुन् ।
५। हड्डी भाँचिएका बिरामीको उपचारका लागि ऋः मेशिन उपलब्ध गराईदिन हुन् ।
आम बैतडीबासी

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!