बैतडीमा मनाइयो दुग्ध दिवस

बैतडी:

बैतडीमा पनि दुग्ध दिवस मनाइएको छ । पाटनमा डेरी व्यवसायी, किसानहरु र सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम गरि दुग्ध दिवस मनाएको हो ।

भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र पाटनमा बिहिबार दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पुर्याएको योगदानको चर्चा गर्दै अन्तरक्रिया कार्यक्रम गरिएको पशु विकास अधिकृत डा. विशाल पाठकले जानकारी दिए ।

दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ रहेको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.