बैतडी : पाटन बजार व्यवस्थापन समितिको बैठकले पाँच वटा निर्णय गरेको छ । पाटन नगरपालिका जनप्रतिनिधिको उपस्तिथीमा बैंठकले पाँच वटा निर्णय गरेको उद्योग वाणिज्य संघका सचिव संकर दत्त भट्टले बताए ।
इलाका प्रहरी कार्यालय पाटनमा बसेको समितिको बैंठककाे निर्णयमा बजार क्षेत्रमा बाख्रा लगायतका जनावर चरीचरन पूर्णरुपमा बन्द गर्नु पर्ने, बजारमा फोहर टिपर नआउने समयसम्म सडक तथा सार्वजनिक स्थानमा नराख्ने, बजारको सडक क्षेत्रमा व्यापारी सामाग्री तथा तरकारी लगायतका सरसमान नराख्ने, बजार व्यवस्थापन समितिलाई मासिक एक पसलले एक सय दिने, होटलहरु राती १० बजे बन्द गर्नु पर्ने तथा मदिरा विक्रि वितरण राती ९ बजेम्म मात्र गर्नु मात्र गर्नु पर्ने निर्णय भएको बजार व्यवस्थापन समिति अध्यक्ष खेमराज भट्टले बताए ।
गाई, गुरु, बाख्रा बजारमा छोडेमा पहिलो पटक रु,पाँच सय जरिवाना तोकिएको छ भने सडक अगाडी राखेका समाग्री नगरपालिकाले जुनसुकै समयमा उठाएर नष्ट गर्ने निर्णय भएको जनाएको छ । छलफलमा सहभागीहरुले प्रहरीलाई पाटनमा हत्या-हिसांका घटना लागुपदार्थका कारण भएको देखिएकाले नियन्त्रणका लागि अनुरोध गरे ।
बजारमा दिउँसै मदिरा खाएर पैसा माग्नेहरुलाई समेत नियन्त्रण गरी सुन्दर पाटन बनाउन सहयोग गर्न आफुहरुले अनुरोध गरेको युवा व्यपारी किरन चन्दले बताए ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेन्द्र साउँदले प्रहरीलाई लागुऔषध लगायतका घटना न्यूनिकरण लागि सहयोग गर्ने अनुरोध गरे । उनले आफुले पछिल्लो समय लागुऔषधका व्यापारी नियन्त्रणमा लिएकाे सुनाउदै कतै करोबारीहरु भेटिए प्रहरीलाई गोप्य सूचना दिन सक्ने बताए ।
बजारमा रहेको सिसि क्यामराको गुणस्तर कम भएकाले राम्रो खालको खरिद गरिदिन तथा क्यामरा थप गरिदिन आग्रह गरे ।
पाटन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र बिष्टले स्वास्थ्य केन्द्र पाटन खोकाहरुको बिषयमा लेखित कुनै तहमा जानकारी नगराई मनोमानी निमार्ण गरेको बताए । उनले नगर विकासको नाममा जग्गा ल्याउनका लागि पहल गरिने बताए । नगर विकासको नाममा जग्गा भएपछि नगरपालिकाले आफ्नो सटर बनाउन सक्ने उनको भनाई थियो । लागुऔषध नियन्त्रणमा आम जनताले प्रहरीलाई साथ दिनु पर्ने बताए ।
अव्यवस्थीत खोका छाप्रा निर्माण बिषयमा कार्यपालिको निमार्ण अनुसार कर संकलन हुने पाटन नगरपालिका उपप्रमुख कमल सिह बोहराले बताए ।
उनले नगरपालिकाले बजार व्यवस्थापन समितिको निर्णय कार्यान्वय गराउन तयार रहेको बताए । उनले भने, ‘व्यापारीहरुले आफुले गरेका निर्णयहरु आजबाटै कार्यान्वय गर्नुस हैन भने प्रहरी पनि यतै छन् प्रहरी लगाएर पनि नियमन गरिन्छ।’
सुन्दर पाटन नगर बनाउन आफुनो घर वरपरको सरसफाई गरी गमलामा बाेट लगाउन बिषयमा समेत छलफल भएको बजार व्यवस्थाप समितिले जनाएको छ ।