बैतडी : बैतडीको पाटन नगरपालिका–१० को सिद्धपुर स्वास्थ्य चौकीमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सरुवा गर्ने निर्णय गरेको छ । बिहीबार स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर कुवँरको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हाे ।
स्वास्थ्यकर्मीहरुले कार्यसम्पदानमा चरम लापरवाही गरेको भन्दै सबै कर्मचारीहरुलाई सरुवा गरी अन्य कर्मचारीहरुलाई यस स्वास्थ्य चौकीमा कामकाजमा पठाउन आग्रह गर्दै नगरपालिकालाई निर्णयसहितको निवेदन पेश गरेको छ ।
स्वास्थ्य चौकीमा काम गर्दै आएका अनमी लगायतका स्वास्थ्यकर्मीहरुले सुत्केरी हुन आएका महिलाहरुलाई सेवा नदिएको, प्रशासनिक काम सही ढंगबाट नगरेको, कर्मचारीहरु समयमा स्वास्थ्य चौकीमा उपस्थित नभएको, स्थानीय सरकारको नियम पनि नमानेको लगायतका विषय उल्लेख गर्दै कर्मचारीहरुको सरुवा गर्ने निर्णय गरिएको हो ।
सो निर्णय कार्यान्वयनको माग गदैै पालिकालाई पत्र पठाइएको छ । पालिकाबाट निर्णय कार्यान्वयन नभएपनि जिल्ला प्रशासन र स्वास्थ्य निर्देशनालयमा समेत जाने स्वस्थ्य चौकी व्यवस्थापन समितिले पत्रमै उल्लेख गरेको छ ।
कर्मचारीहरुले सही ढंगबाट काम नगरेको र आम नागरिकबाट व्यापक गुनासो आएपछि बाध्य बाध्य भएर यो निर्णयमा पुगेको वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर कुवँरले जनाकारी दिए ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिले यस्तो निर्णय गरेको स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारीले भनिन्, हामीलाई काम गर्ने वातावरण छैन् त्यसैले सरुवा गरे राम्रो हुने भएकाले यो निर्णमा सबै कर्मचारीले हस्तारक्षर गरेका छौ ।
तपाईहरुले राम्रो काम नगरेको देखियो नि भन्ने प्रश्नमा उनले भनिन्, काम त गर्ने वातावरण भए पो गर्ने हो ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिको दोहोर निर्णय
२०७९ १२ १६गत पाटन नगरपालिको स्थानीय अनमी आएकाले करारका कर्मचारी हटाउन पत्रचार गरेको थियो । । सिद्धपुर स्वास्थ्य चौकी अनमी इश्वरी कुमारी जोशी पन्तको करार अवधि थप नहुने भन्दै बैशाख १ देखी काममा नलाउन प्रत्राचार गरिएको छ । तर व्यवस्थापन समिति अनमी जोशी अती आवश्यक कर्मचारी भएको भन्दै नगरपालिकालाई पत्र लेखेको थियो । त्यसपछि अवकाश प्राप्त कर्मचारी जोशीले कार्यपालिको निर्णयबाटै तलब भन्दा पाइन् । त्यही नगरपालिका हटाउने त्यही नगरपालिका तलब निकासा गर्नेमा मात्र परेन् । अहिले उनी पनि काम नगर्ने कर्मचारीमा परिन्। हुन त उनीसहितका करारका कर्मचारी पाटन नगरपालिको असार एता म्याद थप गरेको छैन् ।