पाटन क्रिकेट क्लबकाे अध्यक्षमा पुनः चन्द चयन

बैतडी : बैतडीको पाटन क्रिकेट क्लब अध्यक्ष पुनः किरन चन्द चयन भएका छन् । शनिबार पाटन नगरपालिका ६मा भएको क्लबको साधारण सभाले पुनः चन्दलाई अध्यक्ष चयन गरेको हो ।

सभाले अन्य पदाधिकारी तथा सदस्यहरुलाई समेत सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा अमर भट्ट, सचिव दिलेन्द्र ठगुन्ना, सह सचिव भवन महरा, कोषाध्यक्ष दिपक बिष्ट निर्वाचन प्रक्रियाबाट चयन गरिएको छ भने सदस्यमा अनिल भट्टराई, निराजन पन्त, हिमाल प्रशाद पन्त, हरिश चन्द केसी, बसन्त पाण्डेय, पारस चन्द, कृष्ण बिष्ट र गणेश ओड चयन गरेको नवगठीत समितिका सचिव दिलेन्द्र ठगुन्नाले बताए ।

क्लबले पाटन प्रीमीयर लिग (पीपीएल) आयोजना गर्दै आएको छ ।  चौथो संस्करणको प्रीमीयर लिग (पीपीएल) को समेत तयारी तिब्ररुपमा अगाडी बढाएको समितिका कोषाध्यक्ष दिपक बिष्टले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.