पाटन–पञ्चेश्वर सडक : लोर्खा क्षेत्रमा मेलौलीका व्यवसायी नायकले गरे ममर्त

बैतडी : बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डकाे लाेर्खा क्षेत्रमा मेलाैली यातायात व्यवसायीले मर्मत गरेका छन् । पाटन बजारदेखि लोर्खासम्म उक्त सडकखण्डको ठाउँ-ठाउँमा खाल्डाखुल्डीकाले  गाडी चलाउन नै सास्ती भएपछि मेलौली यातायात  तथा हाेटेल व्यवसायी विजयसिंह नायकले आफ्नै लगानी सडक मर्मत गरेका हुन् ।

मेलाैली नगरपालिकाबाटै जेसीबीसहितका नागरिक लगाएर सडकका खाल्डाखुल्डी पुरेको यातायात व्यवसायी नायकले बताए । उनले हाेमपाइप राखेर केही ठाउँमा यातायात सहज रूपमा सञ्चालन हुने गरी मर्मत गरेका छन्र । सडकको दुरावस्थाका बिषयमा सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत मर्मत नभएपछि आँफैले मर्मत गरेको उनले बताए ।

पाटन –पञ्चेश्वर सडकको पाटन बजारदेखि लोर्खासम्म स्तरोन्नती नहुँदा दुर्घटनाको जोखिम समेत बढेकाे छ । उक्त खण्डमा ठाउँठाउँमा भएका खाल्डाखुल्डीले जुनसुकै बेला पनि दुर्घटना हुने देखिएपछि आफूले मर्मत गरेको नायकले बताए ।

बाटाे खराब भएकाले मेलाैली पुग्न नै पाटनबाट ५ घण्टा लाग्ने भएपछि अाफुहरू सडक बनाउन मेलाैलीबाट अाएकाे प्रकाश भट्टले बताए ।

पाटन–पञ्चेश्वर सडकको जिरो पोइन्टदेखि लोर्खासम्म स्तरोन्नतीका लागि पटक–पटक माग गर्दा समेत सरोकारवाला निकायहरुको ध्यान जान सकेको छैन् । गत बर्ष पाटनका स्थानीयहरुले आन्दोलन समेत गरेका थिए ।

पूर्वाधार विकास कार्यालय बैतडीले जिरो पोइन्टदेखी करिब पाँच सय मिटर ग्राबेल हालेकाे छ भने कतै कालाेपत्रकाे खाल्डाेमा माटाे नै लिएर हालेपछि हिलाम्मे भएकाे छ ।  उच्च दुर्घटनाकाे जाेखिम रहेकाे मुख्य घुम्ती भने पाटन नगरपालिकाले निर्माण गरेकाे जनाएकाे छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.