बैतडी : नेपाल मेड इभी जर्मनीले बैतडीको पाटन स्वास्थ्य केन्द्रलाई मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ । आईतबार बिहान एक औपचारिक कार्यक्रमका बिच मेडिकल उपकरणहरू व्यवस्थापन समिति अध्यक्ष राजेन्द् विष्टलाइ हस्तान्तरण गरेको स्वास्थ्य केन्द्रका इन्चार्ज प्रेम सागर भट्टले बताए ।
प्रयोगशाला सेवाका लागि 3 Part hematology Analyzer, Eelectrolyte Analyzer, fine care 3 puls लगायतका १२ लाख बराबारका उपकरण उपलब्ध गराएको हो ।यो उपकारण पाएसंगै पाटन स्वास्थ्य केन्द्रले आफ्नो सेवा थप गरेको छ । थाइरोइड, मृगौला चेकजाँच लगायतका रोगहरुको पहिचान पाटनमै हुने प्रयोगशालामा कार्यरत श्याम कुवँरले बताए।
भिडियाे…
संघ, प्रदेश र स्थानीय तहलाई यी य.उपकरणका लागि बेला-बेलामा आग्रह गरेपनि प्राप्त नभएकाले बैतडी र डडेल्धुराका अस्पताल यहाँका नागरिकले जानु पर्ने बाध्यता रहेको उनलेको भनाई छ । करिब दुई महिनादेखी चिकित्सक अभाव भएकाले चिकित्सक पदपूर्तीका लागि स्थानीय निकायसंग आग्रह गरेका छन् ।
उपकरण आएपछि पाटन नगरपालिका भित्रका मात्र हैन बैतडीको मेलौली, पुचौडी नगरपालिका, सिगास, सुर्नया, सिवनाथ र पचेश्वर गाउँपालिका नागरिकलाई सहज हुने अपेक्षा लिएको प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
स्थानीयले स्वास्थ्य केन्द्रमा छिटो डाक्टरको माग गरेका छन् । प्राप्त उपकरणको नतिजाहरु अधिकाँस डाक्टरलाई देखाउनु पर्ने खालका छन् ।
पाटन नगरपालिका-६ टुँडिखाड बस्ने स्वःशिक्षक शरद प्रशाद जोशीका छोरा महेन्द्र जोशीको पहलमा जर्मनीबाट समाग्री उपलब्ध गराएको हो । नेपाल मेड जर्मनीले स्वास्थ्य र शिक्षा क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको जनाएको छ ।
जनप्रतिनिधि, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, महिला स्वास्थ्य स्वंसेवीका लगायतको उपस्तीथि रहेको थियो ।