पाटन-१० का सबै स्वास्थ्यकर्मी सरूवा गर्ने निर्णय प्रति एमाले पाटनद्धारा गम्भीर ध्यनाकर्षण

बैतडी : बैतडीको पाटन नगरपालिका-१० मा रहेका शिद्धपुर स्वास्थ्य चौकीका सबै स्वास्थ्यकर्मी सरूवा गर्ने निर्णय प्रति एमाले पाटन नगर कमितिले गम्भीर ध्यनाकर्षण भएको जनाएको छ ।

आईतबार नगर कमिटी अध्यक्ष धर्मराज भट्टले प्रेस बिज्ञप्ती जारी सुत्केरी उपचार नपाउनु र व्यवस्थापन समितिले सम्पूर्ण कर्मचारी सरूवाको लागि गरेको निर्णय प्रति नेकपा एमाले पाटन नगर कमिटीको गम्भीर ध्यनाकर्षण भएको जनाएको हो ।

काम राम्राे नगरकाे भन्दै व्यस्थापन समितिले सबै सबै स्वास्थ्यकर्मी सरूवा गर्ने निर्णय गदै नगरपालिकालाइ पत्र पठाएकाे छ ।

प्रेस बिज्ञप्ती
पाटन नगरपालिका- १० मा मिति २०८१र०३र२९ गते राती सोही वडाका डुब्के टोलबाट महिला सुत्केरीका लागि वडा नं। १० स्वास्थ्य चौकी ल्याईएको र स्वास्थ्य चौकी पुग्दा कर्मचारी नभेटेको फोन मार्फत सम्पर्क गर्दा सम्बन्धित स्वास्थ्य चौकीमा उपचार तथा सुत्केरी गराउन नसकिने स्थिती देखि डडेल्धुरा जानु पर्ने बाध्यता सिर्जना भई बाटोमा नै बच्चा जन्माउनुको पिडा र स्वास्थ्य व्यवस्थापन समितिले स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारी सरूवाको लागि गरेको निर्णय प्रति ने।क।पा। एमाले पाटन नगर कमिटीको गम्भीर ध्यनाकर्षण भएको छ । केही दिन यता यस किसिमका शिक्षा र स्वास्थ्यमा भई रहेका क्रियाकलाप तथा गतिबिधीहरू समाजिक सञ्जाल मार्फत बिभिन्न टिका टिप्पणी भई रहको हुँदा यसको असर प्रत्यक्ष रूपमा सेवा ग्राही सेवा प्रदायकमा पर्न जाने र गाउँ टोल बस्तीका व्यक्तीहरूले पाउने सेवा सुबिधामा समेत पूर्ण प्रभाव र असर पर्ने आभास भएको छ । तसर्थ यस किसिमका गतिबिधी र कार्यहरू प्रति सम्बन्धित निकाय र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौ ।
धर्मराज भट्ट
पाटन नगर कमिटी अध्यक्ष

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.