पाटन प्राथमिक स्वास्थ्य केन्द्र बैतडी चिकित्सक विहीन(भिडियाे)

बैतडी : बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहीन बनेको छ । केन्द्रमा कार्यरत मेडिकल अधिकृत डा. शरद पाण्डेय राजीनामा दिएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहिन बनेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा छ महिना सेवा गरेका डा। पाण्डेलले गत असार अन्तीमबाट लागू हुने गरेर राजीनामा गरेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए ।

डा। पाण्डेले अन्य पालिकामा गएका छन् । पाटन नगरपालिकाको डा. पाण्डेललाई करार सेवामा राखेको थियो । पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि पोष्टमार्टम लगायतका अन्य कामहरु रोकिएका छन् ।

चिकित्सकको अभावमा नागरिकलाई सेवा पाउन मुस्किल हुने बताइएको छ । स्वास्थ्य बीमा अन्तर्गतका सेवाग्राही लगायत अन्य बिरामीहरु पनि प्रभावित हुने पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

पाटन नगरपालिकाले करारमा मेडिकल अधिकृत राख्नका लागि अब विज्ञापन आह्वान गर्ने तयारीमा रहेको उपप्रमुख कमल सिह बोहरा (अपी)ले बताए ।

प्रमुख प्रशासकिय अधिकृत गणेश सिह ऐरी बिदामा भएकाले केही समय बढी लागेको बताइएको छ ।

भिडियाे…

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.