कृष्ण मावि पाटनको ६४ औं बार्षिकोत्सव सम्पन्न

बैतडी :

बैतडीको पाटनस्थित कृष्ण मावि पाटनको ६४ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलदेव बिष्टको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका नगरप्रमुख गौरी रावल प्रमुख अतिथी रहेका थिए ।

समारोहमा विद्यालयका प्रधानाध्यापक बिरेन्द्र केसीले विद्यालयको भौतिक र शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिकोत्सव समारोहमा पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष तथा समाजीक विकास समिति संयोजक हरिष बिष्ट, वडा नम्बर ३ का अध्यक्ष करुणाकर भट्ट, ५ का अध्यक्ष फुनी बाेहरा, ६ का अध्यक्ष राजेन्द्र बिष्ट,  सहभागिता रहेको थियो ।

बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएका थिए । पाटन क्षेत्रको अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको कृष्ण माविमा कक्षा ९ र १० प्राविधिक बिषय समेत पढाइ हुने गरेको छ ।

कक्षा १२ सम्मको पढाइ हुने कृष्ण माविमा पाटनमा पाटन र आसपासका क्षेत्रका विद्यार्थीहरु अध्ययनका लागि पुग्ने गर्दछन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.