बैतडी : बैतडीका २५ बिद्यालयमा किशोर किशोरी मैत्री सूचना केन्द्र सञ्चालन रहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को आर्थिक तथा प्राविधिक सहयोगमा बैतडीका २५ माध्मीक बिद्यालयहरुमा किशोर किशोरी मैत्री सूचना केन्द्र सञ्चालन गरेको जनाएको छ ।
किशोर-किशोरी मैत्री सूचना केन्द्रले युवाहरुको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी निश्चित आवश्यकता, कमि कमजोरी र इच्छा आकांक्षाका विषयमा विस्तृत जानकारी प्रदान गर्दछ।
पाटन नगरपालिकामा बृहत यौनिकता शिक्षासम्बन्धी कार्यकाे लागि बन्नेका कार्यदलको बैठकमा सो जानकारी दिएको हो । पाटन नगरपालिकाका ९ बिद्यालयमा किशोर किशोरी मैत्री सूचना केन्द स्थापना गरेको जनाएको संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का जिल्ला संयोजक खगेन्द्र भट्टले बताए ।
यस बर्षको सर्शत बजेटले पाटन नगरपालिकामा तीन स्वास्थ्य संस्थामा सूचना केन्द्र स्थापना गर्ने तयारी भइरहेको पाटन नगरपालिका स्वास्थ्य शाखा संयोजक मदन सिह महराले बताए ।
उनका अनुसार पाटनको ज्ञानेश्वर नमुना माविको सूचना केन्द्र पनि नमुना नै रहेको छ । सूचना केन्द्रको मापदण्ड अनुसारका सम्पुर्ण समाग्री समेत रहेको छ ।
वडा नम्बर ५ मा रहेको त्रिपुरेश्वर मावि कुलडामा युवालायको साझेदारीमा सूचना केन्द्र स्थापन भएको वडा अध्यक्ष फुनी बोहराले बताए ।
बिद्यालयमा किशोर किशोरी मैत्री सूचना केन्द्र सञ्चालन भएपनि सुदृढिकरण आवश्यक रहेको कार्यदलमा सहभागीहरुले जोड दिएका छन् ।
नयाँ थप गर्ने र भएको पनि अध्ययन, अनुगमन गर्नु पर्ने बताएका हुन् । स्वास्थ्य र शिक्षा शाखाले समन्वयमा बिद्यालय शिक्षा लगायतमा ध्यान दिनु पर्ने बताए ।
बृहत यौनिकता शिक्षा सम्बन्धी मावि स्तरिय फोकल शिक्षकलाई ५ दिने तालिम, साथि शिक्षक तालिम, जिल्लाका ११ बिद्यालयमा सूचना केन्द्र सुदृढीकरण, बृहत यौनिकता शिक्षा नगर स्तरिय प्राविधिक कार्यदल गठन, किशोर किशोरी सशक्त र रुपान्तरीत भएको, सूचना केन्द्र रहेको १७ बिद्यालयको मुल्यांकन र अवस्था विश्लेशण, कक्षा ७ को स्वास्थ्य तथा शारीरीक शिक्षामा बृहत यौनिक शिक्षा सम्बन्धी बिषय वस्तु राख्न सफल भएको उपलब्धीमा देखाइएको छ ।
मंगलबारको बैठकले कार्यदललाई पूर्णता भएको छ । जसको संयोजकमा समाजिक विकास समितिका संयोजक हरिष बिष्ट, सदस्य वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट, सदस्य स्वास्थ्य शाखा संयोजक मदन सिह महरा, महिला तथा बालबालिका शाखाबाट हरिना एडी, परिवार नियोजना पाटनबाट जानकी भट्टराई, कृष्ण माविका शिक्षक राजश्री बिष्ट, ज्ञानेश्वर माविका शिक्षक धनबहादुर महरालाई सदस्य बनाएको छ ।
सल्लाहकारमा नगर प्रमुख गौरी रावल, उपप्रमुख कमल सिह बोहरा, प्रमुख प्रशासकिय अधिकृत गणेश सिह ऐरीलाई राखिएको छ ।