बैतडी :
बैतडीको पाटन नगरपालिका- १ मा ५ पसलमा चोरी भएको छ। डैसिली र सकारका पाँच खुद्रा पसलहरूमा चोरी भएको वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताएका छन्।
ताला तोडेर एकै रात पाँचवटा खुद्रा पसल चोरी भएपछि व्यापारिक त्रसित भएका छन्।
पसलबाट नगद र रिचार्ज लगायतका सामग्री चोरी भएको पसल सञ्चालक रघुवीर बोहराले बताए। निङ्लासैनी खुद्रा पसलका सञ्चालक शेरसिंह बोहराका अनुसार ताला फोडेर नगद धनमा लगायतका सामग्री चोरी गरेको छ।
सकारमा ओम प्रकाश भट्टराईको पसलमा चोरी भएको जनाएको छ।
चोरी भएपछि बयलचौर प्रहरीलाई खबर गरेको र केही समयपछि आउने बताएका छन्। बयलजोर प्रहरीका अनुसार तीन चारवटा प्रहसल चोरी भएको सूचना आएकोले आफूहरू घटनास्थलतर्फ जाने तयारी गरिरहेको बताए।
चोरीको विवरण प्रहरी मुचुलका पछि जानकारी हुनेछ ।
पाँच पसल एकै रातमा चोरी हुँदा स्थानीय प्रहरी संवेदनशील नभएको स्थानीयको आरोप छ। प्रहरीलाई बिहान ६ बजे खबर हुँदा पनि १० बजेसम्म घटनास्थलमा नपुगेकोप्रति स्थानीय व्यापारीले आक्रोश पोखे ।
यहाँका पसलहरूमा बेलाबेलामा चोरीका घटनाहरू भइरहेका हुन्छन् ।