डडेल्धुरा : डडेल्धुरामा भिरवाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाकाे नवदुर्गा गाउँपालिका- ४ बस्ने ४३ बर्षीय रनिबहादुर साउँदको मृत्यु भएको हो ।
बिहीबार मुस्याधारा भिरमा घाँस काट्न गएका साउँदकाे लडेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक प्रहरी प्रवक्ता बीरबहादुर थापाले बताए । उनलाइ शुक्रबार विद्यार्थीहरुले लडेकाे देखेपछि प्रहरीलाई खबर गरेकोमा डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।