बैतडीको पाटन–१ स्थित कैलाश माविको वार्षिकोत्सव सम्पन्न

बैतडी : बैतडीको पाटन नगरपालिका-१ स्थित कैलाश मावि डंसिलीको ३६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
आज विभिन्न कार्यक्रमसहित विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्कसिह ठगुन्नाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावल रहनु भएको थियो । विशिष्ट अतिथिमा पाटन नगरपालिकाका उपप्रमुख उपप्रमुख कमल सिंह बोहरा (अपी) सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ८ का वडा अध्यक्ष हरिष बिष्ट, राष्टीय भूमी आयोगका निर्वतमान अध्यक्ष धर्मसिह ऐर (कपील)लगायतका प्रतिनिधि रहेका थिए ।
विद्यालयले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयाेग जग्गा दाता, संस्थापक अध्यक्ष, पूर्व शिक्षक तथा कर्मचारीलाइ बिद्यालयले सम्मान गरिएको छ ।

अभिवावक दिवसमा विद्यालयका प्रद्यानाध्यापक गगन सिह बोहराले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । मावि सञ्चालनका लागि संकलन भएकाे चन्दाकाे विवरण समेत सार्वजनिक गरिएकाे प्रअ बाेहराले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रावलले राज्यको ठूलो लगानी शिक्षामा रहेको बताउदै प्रतिफल हासिल गर्ने नगरपालिका लागेको बताए । उनले कैलाश माविकाे समग्र विकासका लागि नगरपालिकाले पहल गर्ने बताए ।

सामुदायिक विद्यालयको शैक्षिक नतिजा चिन्ताजनक रहेकाले यो कमजोरी सच्याउन जरुरी रहेको बताएका हुन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.