बैतडी : गङ्गेश्वर मन्दिरको शिवमुर्ती निमार्णका लागि २७ हजार चन्दा संलकन भएको छ । बैतडी जिल्लाको मेलौली नगरपालिका-८ कोटिगाउँमा पर्ने गङ्गेश्वर मन्दिरको शिवमुर्ती अभियानका लागि देश र विदेशबाट २७ हजार आर्थिक सहयोग संकलन भएको हो ।
मुर्ती निमार्ण अभियानका लागि मेलौली नगरपालिका- ८ कोटिगाउँका युवा समाजसेवी धनीराम लुहारको नेतृत्वमा सो रकम संकलन भएको हो ।
नेपालका विभिन्न जिल्लाबाट रोजगारीको शिलसिलामा मलेसिया लागयतका देशमा काम गर्दै आउनु भएका धार्मिक आस्थावान श्रद्धालु महानुभावहरुले २७ हजार रकम सयुक्त रुपमा संकलन गरि शिवमुर्ती निर्माण अभियान समितिलाई हस्तान्तरण गरेको छ ।
समितीले प्राप्त गरेको गङ्गेश्वर मन्दिर शिवमुर्ती निर्माण अभियान समितिका अध्यक्ष डम्बर ठगुन्नाले बुझेको बताए । सम्पुर्ण सहयोगी दाताहरुलाई उनले धन्यवाद ज्ञापन गरेका छन । चन्दा संकलन जारी रहेकाले सहयोगका लागि अध्यक्ष ठगुन्नाले अपिल गरे ।

