बैतडी : बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाको सरुवा भएको छ । गएको चैत १ गतेबाट सुर्नया गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत रोकाको डडेल्धुराको भागेश्वर गाउँपालिकामा सरुवा उनले बताए। भागेश्वरमा अाज हाजिर भएकाे उनले बताए । पहिले पनि काम गरेकाे गाउँपालिका भएकाले काम गर्न थप सहज हुने उनकाे भनाइ छ । भागेश्वरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीकाे स्वास्थय मन्त्रालयमा सरूवा भएकाे छ ।
रोकालाई गएको फागुन ९ गते संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सुर्नया गाउँपालिका बैतडीको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाएको थियो ।
गाउँपालिकामा झण्डै ५ महिना काम गरेका रोकाको सरुवा भएकाे हाे । मन्त्रालयले उनलाई भदौ ७ गते सरुवा गरेको थियो ।
सुर्नया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भन्ने अझै टुंगो लागेको छैन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरुमा बाधा पर्ने देखिएको छ ।
गाउँपालिकामा संघको अधिकृत प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ ।