बैतडी: जिल्ला समन्वय समिति बैतडीका समन्वय अधिकारी गणेश सिह ऐरीलाई दिएको थप जिम्मेवारी रद्ध गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भाद्र ११ गतेबाट ऐरीलाई दिएको पाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी रद्ध गरिएको जनाएको छ ।
पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत भने पठाएको छैन् । बैशाख ३१ गते हाजिर भएका ऐरीले करिब तीन महिना पाटन नगरपालिकामा काम गरेका हुन् ।
नेपाल सरकारका उपसचिव ऐरीको दरबन्दी जिल्ला समन्वय समिति बैतडीमा रहेको र उनलाई पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत दिएको थियाे ।