भरुवा बन्दुकसहित डडेल्धुरामा दुईजना पक्राउ

डडेल्धुरा: डडेल्धुरामा एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको आलिताल गाउँपालिका-६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित दुईजनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा आलिताल–६ फल्लेखर्कका ५१ वर्षीय वीरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर छन्।

अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.