बैतडी : अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) डडेल्धुरा ११ औं जिल्ला सम्मेलन भएको छ । जिल्लाको आलितालमा आईतबार सम्पन्न सम्मेलनले कल्याण विकलाई अध्यक्ष चयन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको उपाध्यक्षमा उपाध्यक्ष सीता बिष्ट, उपाध्यक्ष, तारा धामी, सचिव, उत्तम ऐर
सहसचिव हेमन्त ठगुन्ना, कोषाध्यक्षमा उषा पाण्डे चयन भएको अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सचिव लाल पाण्डेय बताए । सम्मेलनले बिक को नेतृत्वमा २७ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको निर्वाजन समितिले घोषणा गरेको छ ।
अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) डडेल्धुरा अध्यक्षा चन्द्र ऐरकाे अध्यक्षतामा सम्पन्न सम्मेलनका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष सिह माल, विशिष्ट अतिथी, अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष डा. अचुत भट्ट, भिम भट्ट प्रदेश इर्चाज, केन्द्रीय सचिव लाल पाण्डेय, जिल्ला सचिव लालबहादुर धामी लगायतका नेताहरूकाे सहभागीता थियाे ।