लक्ष्मी लघुवित्त पाटन शाखाद्वारा बीमा क्षतिपूर्ति रकम हस्तान्तरण

बैतडी : लक्ष्मी लघुवित्त बित्तिय संस्था लिमिटेड पाटन शाखा बैतडीले पाटन नगरपालिका ६ बस्ने बिरभान बिष्टका परिवारलाई बीमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण गरेको छ ।

संस्थाले बित्तिय साक्षरता कार्यक्रमको आयोजना गर्दै पाटन नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्र सिंह विष्टले मृतक बिष्टकी श्रमती कलावती बिष्टले बिमादाबी रकम २ लाख ५० हजारको चेक हस्तातरण गरेका हुन् ।

मृतक बिष्टले पाटन लक्ष्मी महिला समूह-९ बाट दुई लाख ५० हजार १ बर्ष पहिले कर्जा लिएका थिए ।
बित्तिय साक्षरता कार्यक्रममा लक्ष्मी लघुवित्तको वस्तु तथा सेवा बारेमा जानकारी र बीमा क्षतिपूर्ति बापतको रकम हस्तान्तरण तथा बित्तिय साक्षरता कार्यक्रमको बारेमा शाखाका शाखा प्रबन्धक अम्मर राज जोशीले जानकारी गएका थिए ।

सामाजिक, उत्तरदायित्व अन्तर्गत बिभिन्न सहयोय समेत गर्दै आएको जानकरी उनले बताए । क्रममा केन्द्रका सदस्य उपस्थित अभिभाबक सबैलाई बैङ्क तथा बित्तिय संस्थाका बारेमा लोन अफिसर प्रदिप कुमार जोशील बिबिध बिषयमा जानकारी गराएका छन् ।

बचतको महत्व, बचतका तीन मुख्य नियमहरु, कर्जा कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरु/कर्जा सदुपयोगिता लगायतबा बिषयमा उनले समुहमा प्रशिक्षण गरेका छन् ।

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.