बैतडी : बैतडीको पाटन नगरपालिका-९ आधारभुत स्वास्थ्य सेवा केन्द्र टकरेले समुदाय स्तरमा नसर्ने रोगको स्क्रिनिङ गर्न सुरु गरेको छ । कुशेऔंसी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा शोमबार शिद्धेश्वर मावि हुकेडाडाँबाट सुरु गरेको आधारभुत स्वास्थ्य सेवा केन्द्र टकरेका इन्चार्ज प्रकाश भट्टले बताए ।
बृद्धअबश्थाका बुबाहरुको नसर्ने रोगको स्क्रीनिङ तथा जनचेतनामूलक अभियानमा संचालन गरेको उनले बताए । पहिलो दिनको अभियानमा ३५ जना सेवा ग्राहिहरुको स्क्रीनिङ गरिनका साथै ६ जनाको खकार संकलन गरेर प्रयोगशालामा पठाउने कार्य सम्पन्न गरिएको उनले बताए ।
कुशेऔंसीकै अवसरमा सिद्धेश्वर मावि हुक्केडाँडाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ। आजै पिता सम्मान दिवस समेत परेकाले विद्यालयको सेवा क्षेत्रभित्र रहेका १४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए।