बैतडी : बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने चार जना सामान्य घाईते भएका छन् । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ डुङरा बस्ने ५७ बर्षिय जानकी देवी लुहारको मृत्यु भएको हो ।
आफ्नो घर नजिकै ग्यावेन जालीमा कपडा सुकाउने क्रम घाईते जानकीको उपचार गराउने लैजाने समयमा बाटोमै मृत्यु भएको हो ।
तारजालीमा कपडा सुकाउने समयमा करेन्टले तानेपछि अरु स्थानीय चार जनाले जानकीलाई करेन्टबाट बाहिर निकाल्न खोज्दाँ समान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाईते हुनेमा कलावती वड, पार्वती वड, भुवनेश्वरी वड, सिता लुहार लगायतका छन्र । उनीहरूकाे अवस्था समान्य छ।
उनको शवलाई अहिले पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।