पाटन खुल्ला मञ्चमा तीज बिशेष कार्यक्रम आयोजना हुने

बैतडी : बैतडीको पाटन नगरपालिका ६ खुल्ला मञ्चमा तीज बिशेष कार्यक्रमको आयोजना हुने भएको छ ।

नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा यही भाद्र २० गते विभिन्न कार्यक्रमका साथ तीज बिशेष कार्यक्रम आयोजना हुने पाटन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र बिष्टद्धारा जारी सूचनामा उल्लेख छ ।

वडा कार्यालयले सूचना जारी गरेपनि आयोजक भने पाटन बजार व्यवस्थापन समिति रहने जनाएको छ ।

बजार व्यवस्थापन समितिले आयोजना गर्ने कार्यक्रममा सह आयोजक वडा नम्बर ६ को कार्यालय, परोपकार ग्रामीण विकास संस्था र गुड वईल एजुकेशन पाटन बैतडी रहेका छन् ।

तीज बिशेष कार्यक्रमको मिडिया पार्टन वस्र्टन मिडिया प्रालिद्धारा सञ्चालीत इन्फो समाचार डटकम रहेको बजार व्यवस्थापन समिति सचिव पवन भण्डारीले बताए । २० गते खुल्ला मञ्चमा सहभागीताको लागि उनले सबैमा आग्रह गरेका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.