बैतडी:
बैतडीमा एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्तीकरणी पेन्डिङ मुद्दाका फरार अभियुक्त दशरथचन्द नगरपालिका १ का २१ बर्षीय मनोज भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
गएको माघ २ गतेदेखि फरार रहेका भट्टलाई प्रहरीचौकी खोड्पेबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनीमाथि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।