बैतडी : बैतडीमा तीजको खर्च कटाएर हिंसा प्रभावित महिलाका लागि दान पेटीकामा रकम जम्मा गर्ने थालिएको छ ।
जिल्लाको पाटन नगरपालिका र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), साथी संस्थाको सहयोगमा दान पेटीका निमार्ण गरेर दान संकलन सुरु गरेको छ ।
दान पत्रमा जम्मा भएको रकम पाटन नगरपालिकाले संचालन गर्दै आएको हिंसा प्रभावित राहत कोषमा जम्मा गरिने नगर उपप्रमुख कमल सिह बोहराले बताए। नगरपालिकाले एक छाक खान नपाएका हिंसा प्रभावित महिलालाई सहयोग गर्नेका लागि देउसी भैलो र होली खेलेर समेत रकम संकलन गरिएको उपप्रमुख बोहराले बताए ।
हिँसा प्रभावित महिलालाई राहतका लागि यो कोष स्थापना भएको हो । नगरपालिकाले समेत राहत वितरणका लागि रकम छुट्याउने गरेको छ । महिलाहरुले दर खाने कार्यक्रममा नै दान पत्रमा रकम दान गरेको निर्वतमान नगर उपप्रमुख सरस्वती कोलीले बताइन् ।
उनले भनिन्, ‘हामीले त रातो सारी, चुरा लगाएर हिडेका छौ तर कुनै महिलाले हिँसामा परेर एक छाक खान पनि भएका छैनन्, दानको रकम उनीहरुका लागि सहयोगी बन्नोस । नगरपालिकाले थालेको अभियानमा हामीले सहयोग गछौँ।’
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को आर्थिक सहयोगमा सिएमसी नेपालले बैतडीको पाटन र दशरथचन्द नगरपालिकामा हिंसा प्रभावित महिलाको क्षेत्रमा काम गर्दै आएको छ ।
मनोपरार्मस सेवाका लागि समेत केही वडामा नगरपालिकाको साझेदारीमा महिला कर्मचारी समेत नियुक्त गरेको छ ।
उनीहरुले महिला समुहमा मुठीदान अभियान समेत सञ्चालन गरिरहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा पाटनले जनाएको छ ।