अनेरास्ववियू (क्रान्तिकारी) बैतडीको अध्यक्षमा धामी

बैतडी  : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बैतडीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । १० औ जिल्ला सम्मेलनले सोनम धामीलाई अध्यक्ष चयन गरेको छ ।  बरिष्ठ उपाध्यक्षमा अर्जुन बोहरा, उपाध्यक्ष राम भट्टराई, सचिव मिना भट्ट, सहसचिव लोक बहादुर कार्की, सहसविच हजारी खत्री र कोषाध्यक्ष गौरव लुहार चयन भएका छन् ।

गणेश बमकाे अध्यक्षतामा पाटनमा सम्पन्न सम्मेलनका प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष डा.अच्युत भट्ट, विशिष्ट अतिथि पुर्व प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट, माओवादी केन्द्रका जिल्ला सयोजक शंकर भण्डारी, जिल्ला समन्वय समितीका उपप्रमुख दमक कुवर, पाटन नगरपालिकाका उपप्रमुख तथा प्रदेश कमिटी सदस्य कमल सिह बोहरा (अपी) रहेका थिए ।

उपप्रमुख बोहराले शसक्त संगठन, पार्टीको बिचारलाइ आत्मसात गर्ने सङठन बनोस भन्दै शुभकामना दिएका थिए । जिल्ला समन्वय समितिका उपप्रमुख दमन कुवरले शिक्षामा परिवर्तन ल्याउनको लागि यस संगठनले उल्लेख्य भुमिका निर्वाह गर्ने बताए । ।

पार्टीका जिल्ला सयोजक शंकर भण्डारीले सबैको समान अधिकार स्थापित हुन नसकेको र विधार्थीले संविधान कार्यन्वयना बल पुर्याउनु पर्ने बताए ।
अग्रगामी एजेण्डा अघि सार्नु पर्ने उनकाे धाराणा थियाे । उनले अहिले बनेको सरकार भ्रस्टाचारीलाइ बचाउन लागेको आरोप लगाए।

अहिलेको सरकारले राज्यसक्तिको दुरुपयोग गरिएको आरोप थियाे । प्रचण्ड सरकारले कानुनी राज्यको आभास दिलाइरहेको जिकिर गरे । हामी सबैमा अग्रगामी सोच आउनुपर्नेमा जोड दिए । उनले भने, सन्ततिको लागि सोच्ने पार्टी माओवादी हो । राज्य संचालनमा भएका बेथितिका बिरुद्ध जानू पर्दछ ।
माओवादीले उठाएका मुद्दाहरुलाइ ससक्त बनाउन भुमिका खेल्नु पर्ने छ ।,

केन्द्रीय उपाध्यक्ष डा.अच्युत भट्ट उपाध्यक्ष, एव आजका प्रमुख अतिथि अच्युत भट्टले याे विधार्थी संगठन इतिहास बोकेको संगठन भएको अवगत गराए । हरेक विधार्थी आन्दोलनमा अनेरास्ववियु क्रान्तिकारीले उल्लेख्य भुमिका खेल्दै आएको बताए ।

अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कार्यालय स्थापना गर्नको लागि आफुले एक वर्षको कमाइ उपलब्ध गराउने प्रतिबद्धता जनाए । जिल्लास्तरमा माओवादीका नेताहरूले सच्चिनु पर्नेमा समेत जोड दिए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.