ललित बाेहरा, बैतडी : बैतडीमा १३ वर्षीया नाबालिका जबरजस्तीकरणी गरेर फरार शिक्षक धनगढीबाट पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका अन्र्तगतको एक बिद्यालयमा अध्यापन गराउने २८ वर्षीय शिक्षक लक्ष्मीकान्त पनेरु पक्राउ गरेका हुन् । डडेल्धुराकाे भागेश्वर गाउँपालिका-२ बस्ने पनेरूलाइ इलाका प्रहरी कार्यालय पाटन बैतडीको प्रहरी टोलीले कैलालीको धनगढीबाट पक्राउ गरेको हो ।
१३ वर्षीया नाबालिकामाथि सोही विद्यालयका पनेरुले गत चैतको १२ गते राति आफ्नै कोठामा बोलाएर जबरजस्ती गरेको घर परिवारले थाहा पाएका थिए । त्यसपछि शिक्षकको नामा नाबालिकाका परिवारले जबरजस्तीकरणी मुद्धा दर्ता गरेको थिए । मुद्धा दर्ता भएको करिब ६ महिनापछि बैतडी प्रहरी फरार पनेरुलाई पक्राउ गर्ने सफल भएको हो ।
शिक्षक पनेरुविरुद्ध किटानी जाहेरी दर्ता भएको दिनबाटै उनको खोजी भइरहेको थियो ।
घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।