जिल्ला हलिया मुक्ति समाज बैतडीको अध्यक्षमा सरस्वती कोली चयन(भिडियाे)

ललित बाेहरा,बैतडी : जिल्ला हलिया मुक्ति समाज बैतडीको अध्यक्षमा सरस्वती कोली चयन भएकी छन् । बिहीबार जिल्लाको पाटनमा सम्पन्न छैटौँ अधिवेशनले अध्यक्षमा कोलीलाई चयन गरेको हो । समाजको उपाध्यक्षमा लक्ष्मीराम लुहार, सचिवमा पुस्करराम कोली, कोषाध्यक्ष ललीता भुल निर्वाचीत भएका छन् ।

यस्तै सदस्यमा रनिराम बिक, इन्द्रराम भुल, राजेन्द्र राम भुल, विरभान कोली, बिरा वड, निलम विक, मिना दयाल, विपना टमटा, मञ्जु विक, शान्ती भुल,र गंगा कुमाल सर्वसम्मत निर्वाचित भएको समाजको उपाध्यक्ष लक्ष्मीराम लुहारले बताए ।

नव निर्वाचीत अध्यक्ष कोलीले मुक्त अहिलेको उच्चीत पुन:स्थापना नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताइन् । उनले दलितमा ुमुक्त हलिया र एकल महिलाको अवस्था दैनिय भएकाले परिचय पत्रले मात्र पुनस्थापीत नहुने उनको भनाई छ ।

निर्वतमान अध्यक्ष रमेश कोलीको अध्यक्षतामा सम्पन्न छैटौँ अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिह रावल, विशिष्ट अतिथि नगर उपप्रमुख कमल सिह बोहरा, अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र बिष्ट, हलिया मुक्ती समाजको केन्द्र प्रतिनिधी लगायतका सहभागी थिए ।

भिडियाे..

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!