बैतडी : बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका-९ बाच्पानीका दिपक बोहराका १२ वर्षीय छोरा बसन्त बोहराको मृत्यु भएको हो ।
आज (शुक्रबार) मध्याह्न करिब १२ बजेको समयमा जङ्गलमा बाख्रा चराउन गएका बोहराले समातेको लट्ठी जमिन नजिकै भएर तानिएको विधुतको तारमा करेन्ट लागेर बोहराको मृत्यु भएको स्थानीय डबल बोहराले जानकारी दिए ।
बाख्रा चराउने क्रममा भुइ नजिकैबाट लत्रीएर तानिएको तारमा छोइन गइ करेन्ट लागेको हो ।
विद्युत प्राधिकरण वितरण केन्द्रको लापरबाहीले घटना भएको भन्दै बिहानैबाट स्थानीयले आन्दोलन गरिरहेका छन् । उनीहरुले यो समाचार तया गर्दासम्म शव उठाएका छैनन् ।
विधुतको चरम लापरबाहीले यो घटना भएको स्थानीयको आरोप छ । यसअघि पनि उक्त ठाउँमा घटना भएका थिए ।
यता शोमबार पाटन नगरपालिका ६ बस्ने जानकी विकको करेन्ट लागेर मृत्यु भएको थियो ।
पछिल्लो समयमा बैतडीमा करेन्ट लागेर ज्यान घुमाउनेको संख्या बढेको प्रति स्थानीय तहले चिन्ता व्यक्त गर्दै नेपाल विद्युत प्राधिकरणको ध्यानार्कषण गर्ने थालेका छन् । पाटन नगरपालिका उपप्रमुख कमल सिह बोहराले सामाजीक संञ्चालमा लेख्दै भनेको छ्न, जिल्लाको धेरै ठाउँमा अव्यवस्थीत बिधुत लाइनका कारणले नागरिकको ज्यान जादैँछ सो बिषयमा बिधुत कार्यालय बैतडीको गम्भीर ध्यानआक्रषण गर्न चाहन्छु।