दुर्गमका जेष्ठ नागरिकलाई औषधि वितरणमा डा.श्रेष्ठ दम्पती

बैतडी  : काठमाण्डौ  बस्ने डा. सर्वोत्तम श्रेष्ठ दम्पतीले दुर्गमका जेष्ठ नागरिकलाई औषधि वितरण गरिरहेको छ । उनले सुदूरपश्चिमका चार जिल्लामा जेष्ठ नागरिकका लागि अती आवश्यक ९ किसिमको औषधि वितरण गरिरहेको समन्वय गरिरहेका लोकेन्द्र बिष्टले बताए ।

कञ्चनपुर, बझाङ, दार्जुला र बैतडी अति आवश्यक औषधि बिद्यार्थी मार्फत घरमै पुग्ने व्यवस्था मिलाएको बताए । व्यक्तिगत लगानीमा डा.श्रेष्ठले एक वडामा करिब १० लाख बढीको औषधि वितरण गरिरहेको बताए ।

उनले शरीरको प्रतिरोधात्मक शक्ति सुदृढ बनाउन सहयोग पुग्ने, पोषक तत्व, जुकाको औषधि, ज्वरो, टाउको वा जीउ दुखेको र पेट पोलेर दुखेको कम गर्ने, घाउमा र आँखामा लगाउने औषधि वितरण गरेको बताए ।

डाक्टरले लेखेर मात्र खानु नपर्ने औषधि वितरण गरेको बताएका छन् । उनले मंगलबार बैतडीको पाटन नगरपालिका ४ भुमेश्वर मावि ठाँडमा औषधि वितरण गरेको वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बिष्टले बताए ।

विद्यार्थी मार्फत जेष्ठ नागरिकको घरमा औषधि पुग्ने गरी बितरण गरिरहेको हो ।

औषधि वितरणको औपचारीका कार्यक्रममा पाटन नगरपालिका नगर प्रमुख गौरी सिह रावल, उपप्रमुख कमलसिह बोहरा लगायतका जनप्रतिनिधी, शिक्षक, स्वंमसेवीका तथा स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.