अछाम: पूर्वाधार विकास कार्यालयका कर्मचारी मृत भेटिए

अछाम : अछाममा एक जना ओभरसियर मृत भेटिएका छन् । पूर्वाधार विकास कार्यालय अछाममा कार्यरत ओभरसियर समशेर खड्का मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख (डिएसपी) नारायण डाँगीले बताए ।

जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ चिरकाट्या लुंग्राका ३५ वर्षीय खड्का आज बिहान करिव १० बजे झुन्डिएको अवस्थामा मृत भेटिएको डिएसपी डाँगीले बताए ।

पूर्वाधार र विकास कार्यालय अछाममा करारमा ओभरसियर पदमा कार्यरत रहेकाको मृत्यु भएको घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.